गोरखा । पालुङटार नगरपालिकाले आर्थिक अवस्था नाजुक भएका र अभिभावक विहिन तथा अशाहाय भएका बालबालिकाहरुका लागि शैक्षिक सामग्री बितरण गरेको छ । अध्ययनमा सहजता ल्याउने उद्वेश्यले सामाग्री बितरण गरीएको हो ।
‘अभिभावक नहुदा र संरक्षण अभावमा अध्ययनमा समस्या झेल्दै आएका विद्यार्थीलाई सामाग्री वितरण गरिएको’ पालुङ्टार नगरपालिकाकी नगर उप्रमुख बन्दना पाण्डेले बताए । उनका अनुसार राहत स्वरुप शैक्षिक सामाग्री प्रदान गरिएको हो ।
शैक्षिक सामाग्री पालुङ्टार नगरपालिका–१ को अन्नपूर्ण माबि र २ को जनता माविमा अध्ययनरत १५० जनालाई बितरण गरिएको हो ।
‘उनीहरुको आमा बुबा एवं अभिभावक भनेकै नगरपालिका हो’ उनले भने ‘साना नानीबावुहरुलाई एक्लो महशुस हुन नदिन र शिक्षाको अधिकारमा जोडि राख्न पनि सामाग्री बितरण गरेका हौँ ।’ बितरण गरिएको सामाग्रीहरुमा कापि, कलम, जोमेट्रिक बक्स, कलर बक्स, झोला, विद्यालय पोशाक, जुत्ता, मोजा र स्वेटर रहेको छ ।
नगरपालिकाले यो शैक्षिक सत्र भरिको लागि पुग्ने गरी सामग्रि वितरण गरेको उपप्रमुख पाण्डेले बताए । पालिकाले त्यस्ता नानीबावुहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रमका लागि ८ लाख रुपैयाँ छुट्टाउको पनि उनले बताए ।


