×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ७ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखामा डेंगु र स्क्रब टाईफस महामारीमा रुपमा फैलियो

  •  गोरखा समाचार
  • बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखामा पछिल्लो २ महिनामा डेंगु र स्क्रब टाईफस महामारीको रुपमा फैलिएको छ । गएको साउन र भाद्र महिनामा मात्रै दुबै रोगका ८२१ जना संक्रमित फेला परेपछी संक्रमण उच्च देखिएको हो ।

    स्वास्थ्य कार्यालय गोरखाको तथ्यांक अनुसार यो आर्थिक बर्षको २ महिनामा डेंगुका ५१४ जना र ३०७ जनामा स्क्रब टाईफसको संक्रमण देखिएको कार्यालयका महामारी फोकल पर्सन तथा ल्याब टेक्निसियन नारायणबावु अर्यालले बताए । ‘अहिलेको तथ्यांकलाई हेर्ने हो भने यो महामारीकै रुपमा देखिएको छ’ उनले भने ‘अझै कयौं तथ्यांक प्राप्त नभएकोले यो संख्या धेरै हुन सक्ने छ ।’

    संक्रमण देखिने यो सिजनमा सम्बन्धीत कार्यालय र स्थानिय तहले नियन्त्रणको कुनै पनि प्रयास गरेको देखिदैन । पालिका स्तरमा सामान्य काम भएको भएता पनि संक्रमण रोक्ने गरी काम नभएको उनको बुझाई छ ।

    दुवै रोगबाट सबैभन्दा बढी गोरखा नगरपालिका प्रभावित भएको छ । गोरखा नगरपालिका भित्रमात्रै यो रोगका ४८४ जना संक्रमित फेला परेका छन् । जसमध्ये ३७१ जना डेंगु र स्क्रब टाईफसका ११३ जना छन् ।

    यो तथ्यांक गत बर्षको तुलनामा धेरै बढी भएको महामारी फोकल पर्सन अर्यालले बताए । ‘अझै संक्रमणको दर बढ्ने मौसम छ’ उनले भने ‘सावधानी अपनाउन नसक्ने हो भने यो संख्या दोब्बरभन्दा पनि बढी हुन सक्छ ।’

    गोरखा नगरपालिका पछी आरुघाट गाउँपालिकामा यो रोगका संक्रमित देखिका छन् । आरुघाट गाउँपालिका भित्र २ महिनामै १९० जनामा संक्रमण देखिएको छ । जसमध्ये डेंगुका ५९ र स्क्रब टाईफसका १३१ जना संक्रमित देखा परेका छन् ।

    त्यस्तै पालुङटार नगरपालिकामा पनि यो रोगका संक्रमितहरु धेरै नै फेला परेको तथ्यांकले देखाउछ । जसमध्ये ५४ जना डेंगु र ४७ जना स्क्रब टाईफसका बिरामी फेला परिसकेका छन् ।

    उता शहिद लखनमा १२ जना डेंगु र ३ जनामा स्क्रब टाईफस देखिएको छ । गण्डकी गाउँपालिकामा स्क्रब टाईफसका संक्रमित हालसम्म फेला नपरेता पनि डेंगुका ९ जना संक्रमित देखिएको कार्यालयले जनाएको छ ।

    त्यस्तैगरी, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकामा ३–३ जना डेंगुका संक्रमित फेला परेका छन् भने चुमनुब्रीमा १ जना फेला परेको छ ।

    भिमसेन थापा गाउँपालिकामा २ जनामा डेंगु र ५ जनामा स्क्रब टाईफस देखिएको र सिरचानचोकमा ८ जनामा स्क्रब टाईफस देखिएको पनि कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

    गएको २ आर्थिक बर्षको तथ्यांकलाई केलाउने हो भने आव २०७९–०८० मा जिल्ला भर ५२९ जनामा डेंगु र १०८ जनामा स्क्रब टाइफस देखिएको थियो भने आव ०८०–०८१ मा ४८८ जनामा डेंगु र १६३ जनामा स्क्रब टाइफस देखिएको थियो ।

    सोही अवधिमा गोरखा नगरपालिकामा आव ०७९–०८० मा १६९ जनामा डेंगु र ६० जनामा स्क्रब टाइफस तथा आव ०८०–०८१ मा ३७० जनामा डेंगु र ६२ जनामा स्क्रब टाइफस देखिएको थियो ।

    अहिलेको संख्यालाई हेर्ने हो भने केबल २ महिनामा नै बर्ष भरीको संक्रमित गोरखा नगरपालिकामा देखिएको छ । अधिल्लो २ महिनामा गोरखा नगरपालिमा ३७१ जना डेंगु र स्क्रब टाईफसका ११३ जना देखिसकीएको छ ।

    डेंगु कसरी हुन्छ ?

    डेंगु एडिस (एजिप्टा) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । डेंगुको संक्रमण भएमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुनेजस्ता लक्षणहरू देखापर्छ ।

    कसरी बच्ने ?

    डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाए अपनाउन र सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।

    स्क्रब टाइफस कसरी सर्छ ?

    स्क्रब टाइफस वा बुस टाइफस रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको संक्रमणले लाग्ने रोग हो । यो परजीवीलाई एक प्रकारको माइट (किर्ना वा जुम्रा जस्तो सुक्ष्म कीरा)ले सार्ने गदछ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन । संक्रमित माइटले मानिसलाई टोक्दा त्यसको रर्यालमा भएको खतरनाक जीवाणु रगतमा फैलिन्छ ।

    स्क्रब टाइफस संक्रमण भएपछि कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ । स्क्रब टाइफसको जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि ६ दिनपछि व्यक्तिलाई कडा ज्वरो आउने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थीहरू सुन्निने लक्षणहरू देखिन्छन् । यसको समयमै उपचार नगरे विभिन्न अङ्गमा संक्रमण फैलिई बिरामीको मृत्यु समेत हुने गर्दछ ।

    बच्ने उपाए के ?

    संक्रमणबाट जोगिन माइटको टोकाइबाट बच्नुपर्ने पर्छ । खेतबारी, बुट्यान, जङ्गलतिर जाने व्यक्तिलाई पनि संक्रमण हुने सम्भावना रहने हुन्छ । घरभित्र मुसा भएको अवस्थामा पनि संक्रमणको जोखिम हुन्छ । स्क्रब टाइफसको संक्रमणबाट किसानहरू बढी पीडित भएको पाइन्छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.