प्रतिकात्मक तस्बिर
गोरखा । राजधानीबाट शहिद लखन गाउँपालिका–६ की १ जना महिला सहित २ जनालाई प्रहरीले ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा जिल्ला शहिद लखन गाउँपालिका–६ घैरुङ घर भएकी २५ बर्षिया सिमा गुरुङ र नुवाकोट जिलल बिदुर नगरपालिका–५ का २९ बर्षिय सन्तोष पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
दुवै जनालाई चन्द्रागिरी नगरपालिका–२ को नागढुङ्गामा प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालयको संयुत्त टोलीले पक्राउ गरेको जनाएको छ ।
काकडभिट्टादेखी काठमाडौं तर्फ आउदै गरेको बागमती प्रदेश ०१–००६ ख ५६५३ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा सोही बसमा सवार उनीलाई २० ग्राम ब्राउन सुगर सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


