गोरखा । राजधानीमा बसोबास गर्ने गोरर्खालीहरु बिच ‘मिट एण्ड ग्रिट’ कार्यक्रमको आयोजना गरीएको छ । मानव सेवा आश्रमको भवन निर्माणार्थ सहयोग पुग्ने गरी उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
काठमाडौंको रानिबनमा रहेको मानव सेवा आश्रममा हुने उक्त कार्यक्रम असोज ५ गते शनिबार हुने मानव सेवा आश्रम नेपालका संस्थापक केन्द्रिय अध्यष रामजी अधिकारीले जानकारी दिए ।
रानिबनमा रहेको आश्रममा हुने कार्यक्रममा उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरमा बस्ने गोरर्खालीहरु भेलामा सहभागी गराउन पत्राचारको काम अन्तिम चरणमा पुगेको पनि अध्यक्ष अधिकारीले बताए ।
असोज ५ गते गर्ने भनिएको ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा जिल्लाबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने उच्च पदस्थ ब्यत्तीहरु तथा समाजसेवी र ब्यापारीहरुको उपस्थिती रहने छ ।
भेलामा सहभागीहुनेहरुले गोरखा नगरपालिका–८ को गोरखा नगरपालिका जाने बाटोमा निर्माधिन मानव सेवा आश्रमको भवन निर्माणर्थ चन्दा सहयोग गर्ने कार्यक्रम रहेको पनि आश्रमका अध्यक्ष अधिकारीले जानकारी दिए ।
कार्यक्रममा गोरखा जिल्लाबाट उपत्यकाको विभिन्न स्थानमा बसोबास गर्नेहरु मध्ये २०० जनाको सहभागीता हुने अनुमान गरिएको छ । सहभागीहरुबाट भवन निर्माण सहयोगार्थ ५० लाखभन्दा बढी रकम उठ्ने अनुमान गरिएको मानव सेवा आश्रमले जनाएको छ ।




















