गोरखा । डेंगु लागेर उपचार गराईरहेका गोरखा सदमुकामका १ जना पुरुषको ज्यान गएको छ । गएको भाद्र २४ गते डेंगु संक्रमण देखिएका उनको भाद्र ३१ गते राती उपचारको क्रममा ज्यान गएको हो ।
ज्यान गुमाउनेमा गोरखा नगरपालिका–११ बिरेचोक, बरथोकका ४७ बर्षिय पुरुष भएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन तथा ल्याब टेक्निसियन नारायणबावु अर्यालले जानकारी दिए ।
उनका अनुसार संक्रमित ब्यत्ती भाद्र २४ गते गोरखा अस्पतालका सम्र्पकमा आएको र रक्त परिक्षणका क्रममा डेंगु देखिएको थियो । संक्रमित ब्यत्तीको स्वास्थ्यमा समस्या देखिएपछी भाद्र २५ गते गोरखा अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्यमा सुधान नआएको भन्दै भाद्र २७ गते बिहीबार थप उपचारको लागि चितवन लगिएकोमा उनको उपचारकै क्रममा ३० गते आइतबार मध्यरातमा ज्यान गएको उनका आफन्तले जानकारी दिए ।
उनको ३१ गते नै दाहसंकार गरिएको पनि पारिवारीक स्रोतले जानकारी दिएको छ ।


