साँकेतिक तस्बिर
गोरखा । शनिबार गोरखा सदरमुकामको दलभञ्ज्याङमा भएको दुर्घटनामा गरी नेपाली सेनाका लेसनायकको ज्यान गएको छ । अर्का १ जना लेसनायकको गंभिर अवस्थामा नेपाली सेनाको छाउनी स्थित अस्पतालमा उपचार भई रहेको छ ।
गोरखा नगरपालिका–९ को ठिगुरेश्वारा नजिकै नेपाली सेनाका लेसनायक सवार मोटरसाईकल र टिप्पर एक आपसमा ठक्कर खादा ईलाम जिल्ला देउमाइ गाउँपालिका–२ घर भई हाल गोरखाको ठिगुरेश्वारामा रहेको रिपु मर्दन गणमा कार्यरत लेसनायक बर्ष २५ का सुरेन्द्र राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।
दुर्घटनामा परी गंभिर घाईते भएका राईको गोरखा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनी संगै सोही मोटरसाईलमा सवार संखुवासभा जिल्ला संखुवासभा नगरपालिका–३ खपाङ घर भई सोही गणमा कार्यरत लेसनायक जनम राई भने गंभिर घाईते भएका छन् ।
जनमको हिजै राती गोरखा अस्पतालमा सामान्य उपचार पछी थप उपचारको लागि नेपाली सेनाको राजधानीमा रहेको छाउनी अस्पताल लगिएको हो ।
घाईते राईले मोटरसाईकल चालक हुन भने मृत्यु भएका राई सोही मोटरसाईकलमा पछाडी सवार ब्यत्ती भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गोरखा बजारबाट लक्ष्मिबजार तर्फ जादै गरेको ग. १ क ५६५४ नम्बरको टिप्पर लक्ष्मिबजारदेखी गोरखा बजार तर्फ आउदै गरेको बा. ७० प २८७१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएको थियो ।
मृत्यु भएका राई र घाईते दुवैको टाउँको, छाती र शरिरको विभिन्न भागमा गंभिर चोट लागेको छ ।


