साँकेतिक तस्बिर
गोरखा । गोरखा सदरमुकामको ठिगुरेश्वारामा अहिले साँझपख टिप्पर र मोटरसाईकल एक आपसमा ठक्कर खाएको छ । ठक्कर खादा मोटरसाईलमा सवार दुवै जना गंभिर घाईते भएका छन् । घाईते दुवै जना नेपाली सेनाका हुन् ।
गोरखा नगरपालिका–९ को रिपु मर्दन गण संग जोडिएको मुख्य सडक खण्डमा दुवै सवारी एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार गोरखा बजारबाट जादै गरेको ग. १ क ५६५४ नम्बरको टिप्पर र गोरखा बजार तर्फ आउदै गरेको बा. ७० प २८७१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकलमा सवार सुरेन्द्र राई र जनम राई घाईते भएको हो । दुवै जनाको गोरखा अस्पतालमा उपचार भई रहेको छ ।
४ः४५ बजे भएको दुर्घटनमा परेका मोटरसाईकलमा सवार दुवै जना रिपु मर्दन गणका लेस नायक पदका नेपाली सेनाका कर्मचारी भएको पुष्टी भएको छ । दुवै जनाको गंभिर अवस्थामा उपचार जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
घाईते दुवैको टाउको, छाती र शरिरको विभिन्न भागमा चोट पटक लागेको प्रहरीले जनाएको छ ।


