गोरखा । गोरखा यातायात व्यवसायी सहकारी संस्था लि. गोरखाले दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न साधारण सभामा संस्थापक अध्यक्ष नारायण खत्री प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
साधारण सभामा सचिव एकराज उपाध्यायले प्रगती प्रतिवेदन र कोषाध्यक्ष ज्ञानकाजी श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
साधारण सभामा शुभ कामना मन्तब्य राख्खै प्रमुख अतिथि खत्रीले व्यवसायिक सहकारीको रुपमा आबद्ध शेयर धनीहरु बीच बचत गर्ने बानीको विकास गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा शेयर धनीहरु दीपक बोहोरा र अन्जन खत्री समेतले शुभकामना मन्तव्य राखेका थिए ।
गणेश बानियाँको अध्यक्षतामा सम्पन्न साधारण सभाले आगामी बर्ष शेयरधनीहरुको हितमा विभिन्न कार्यहरु गर्ने सर्व सम्मत रुपमाले निर्णय भएकाे छ ।


