साँकेतिक तस्बिर
गोरखा । पालुङटारको एक्ले साँघुमा १ जना बृद्व पुरुषको शव फेला परेको छ । मृत्तक ब्यती गोरखा जिल्ला सिरानचोक गाउँपालिका–२ थालाजुङका ८० बषिैय दिलबहादुर गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको छ ।
भदौ २३ गते आइतबार बिहान ६ः३० बजेबाट एक्कासी घरबाट हराएका उनको मृत शरिर सोमबार दिउसो ११ः३० बजे पालुङटार नगरपालिका–१ को एक्ले साँघु स्थित चेपे नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार शव देखेपछी प्रहरीमा खबर आए लगत्तै घटना स्थलमा पुगेको प्रहरीको टोलीले घटना स्थल प्रकृती मुचुल्काका साथै आवश्यक कानूनी प्रकृया पुरा गरेर शव परिवारको जिम्मा लगाएको छ ।
ति बृद्वले आफै नदीमा हाम फालेर आत्माहत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको पनि सूचना अधिकारी श्रेष्ठले बताए ।


