गोरखा । गोरखा प्रहरीले लागु औषध सहित गोरखा सदरमुकाममा बस्ने १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–७ मसार बस्ने बर्ष ३२ का रोशन कोईराला भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार गएको शुक्रबार दिउसो ४ बजेको समयमा नयाँ बसपार्क क्षेत्रमा शंकास्पद अवस्थामा हिडी रहेका उनलाई प्रहरीले चेक जाँच गर्ने क्रममा डाइजेपाम ईन्जेक्सन आईपी २ एमएलको १२ एम्पुल, फेर्नारगन १२ एम्पुल, ब्रुफेन ईन्जेक्सन २ एमएलको १२ एम्पुल फेला परेको थियो ।
प्रहरीले राेशनकाे साथबाट बरामद गरेकाे प्रतिबन्धित ओैषधी
प्रहरीलाई उनले अवैध लागु औषधको कारोबारी भएको सूचना दिए लगत्तै कोईरालालाई मसार क्षेत्रमा रहेको नयाँ बसपार्कबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका कोइराला बिरुद्व साउन २३ गते आइतबार लागु औषध नियन्त्रण ऐन, २०३३ अन्तरर्गत मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरीएको छ ।
कोईरालालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अगाडी बढाईएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।



