काठमाडाैं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा गाेरखाका सागर पाण्डे विजयी भएका छन् । पाण्डे गाेरखाकाे भिमसेन थापा गाउँपालिका-६ अश्राङ निवासी हुन् ।
माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डेले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै बिजयी भएका हुन् ।
बिजयी पाण्डेले ५८० मत पाउदा पराजित भएका सापकोटाले ४८० मत प्राप्त गरेका थिए ।
टानकाे बरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५५८ मतले विजयी हुदा उनका प्रतिस्पर्धी चोलेन्द्रबहादुर कार्कीले ४८६ मत पाएका थिए ।
प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल ५३५ मत र द्वितीय उपाध्यक्षमा सनम शेर्पा ५४४ मतसहित विजयी भएका छन् ।


