गोरखा । मानवसेवा आश्रम केन्द्रिय कार्यालय हेटौडाको स्थापना दिवश पारेर आज गोरखा सदरमुकाममा रक्तदान कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा २३ जनाले २३ पिन्ट रगत संकलन भएको आश्रमका सञ्चालक मञ्जु मोक्तान (संभावना)ले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम नेपाल रेडक्रश सोसाइटी जिल्ल शाखाको समन्वय तथा रक्त सञ्चार केन्द्र गोरखाले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।
गोरखा नगरपालिका–८ को रेडक्रस भवन परिषरमा बिहान ८ः३० बजेदेखी ११ बजेसम्म रक्त संकलन गरिएको कार्यक्रम संयोजक संगमबावु श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार रक्त दान कार्यक्रमको उदघाटन नेपाली काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाले पानसमा बत्ती बालेर गरेका थिए ।
उनले रक्तदाताहरुलाई प्रमाण पत्र समेत बितरण गरेका थिए ।
रक्तदान कार्यक्रममा सर्व साधारण, नेपाल प्रहरी, शसस्त्र प्रहरी, मानवसेवा आश्रमका सदस्यहरु सहभागीता रहेको थियो ।
स्थापना दिवशको अवशरमा आजै साँझ गोरखा नगरपालिका–६ को तिनधारेमा रहेको आश्रमको परिषरमा दिपावली गर्ने कार्यक्रम समेत गराखिएको छ ।
















