गोरखा । गोरखा च्याङलीकी १ जना नाबालिका मस्र्याङदी नदीमा मृत फेला परेकी छिन् । मृतक नाबालिका पालुङटार नगरपालिका–७ च्याङलीकी १५ बर्षिया समिना तामाङ भएको लमजुङ प्रहरीले पुष्टी गरेको हो ।
उनको मृत शरिर लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका–९ फुलबारी स्थित मस्र्याङदी नदी किनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
पछिल्लो समय लमजुङको बेशिसहर नगरपालिका–३ रानीकुवा बस्दै आएकी तामाङको मृत्यु सम्वन्धमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । मृत्तक समिना रामचन्द्र कुमालको छोरी भएको पनि प्रहरीले जानकारी दिएको छ ।




















