गाेरखा । पछिल्लो २४ घण्टामा गाेरखाकाे बारपाकमा सबैभन्दा धेरै वर्षा मापन गरिएकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएकाे जानकारी अनुसार गाेरखाकाे बारपाकमा १०.४ मिलिमिटर बर्षा मापन गरिएकाे हाे ।
मनसुनी प्रणाली सक्रिय भएका कारण हिजो दिउँसोदेखि विभिन्न क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तैगरी, सिन्धुपाल्चोकको ढुङ्गेमा ७६.२, धादिङको गजुरीमा ७१.२, सिन्धुलीको कुसुमटारमा ७१.२, चितवनको शक्तिखोलमा ६४.६ मिलिमिटर पानी परेको थियाे ।
यस्तै पर्वत, लमजुङ, नुवाकोट, काठमाण्डौ, ललितपुर, भक्तपुर, म्याग्दी, बाग्लुङलगायतका जिल्लामा पनि सामान्यदेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।




















