गोरखा । गोरखा प्रहरीले लागु औषध टरमाडोल सहित १ जना युवकलाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका–१ बस्ने बर्ष २३ को संजिव आले भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार भाद्र ८ गते शनिबार दिन दिउसो १ः३० बजेको समयमा शहिद लखन गाउँपालिका–२ को बक्रेश्वरीमा शंकास्पद अवस्थामा हिडी रहेको आलेलाई कार्य स्थलमा खटिएको प्रहरीले चेक जाँच गर्ने क्रममा टरमाडोल क्याप्सुल ४० थान फेला पारी नियन्त्रणमा लिएको थियो ।
आले बिरुद्व गएको आइतबार नै लागू औषध शिर्षकमा मुद्वा दर्ता गरी अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालेको सूचना अधिकारी श्रेष्ठले बताए ।



