गाेरखा । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै गाेरखाकाे बूढीगण्डकी र दरौँदी नदीलगायत आसापासका खोलामा बहाव बढ्न सक्ने चेतावनी जारी गरेकाे छ । पछिल्लाे १ घण्टामा गाेरखाकाे बारपाक आसपास क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुने अनुमान गरेकाे हाे ।
महाशाखाले जारी गरेकाे सूचनामा दुवै नदी तथा आसपासका खाेलाहरुमा बहाव बढन सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ ।
पछिल्लो एक घण्टामा गोरखाको बारपाक आसपास क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुने अनुमान रहेकोले बूढीगण्डकी र दरौँदी नदीलगायत आसापासका खोलामा बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउन सूचनामा भनिएकाे छ ।
पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोकको ढुङ्ग्रे, गोब्रे र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ । मेलम्ची, इन्द्रावती र अन्य साना नदीमा जल सतह बढ्न सक्ने तथा भीरालो क्षेत्रमा पहिरो आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज दिउँसोदेखि काठमाण्डाै उपत्यकाको आसपास क्षेत्रमा ठूलाे वर्षा भएको थियाे ।


