गोरखा । सदरमुकाममा रहेको निर्माधिन घरमा काम गर्ने क्रममा करेन्ट लागेर १ जना मजदुरको मृत्यु भएको छ भने अर्का १ जना घाईते भएका छन् ।
गोरखा नगरपालिका–६ पाटेचौर स्थित प्रज्वल जोशीको घरमा काम गर्दै गरेका घाईते हुनेमा गोरखा नगरपालिका–९ लक्ष्मी बजार घर भएका २४ बर्षका सुनिल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्याँलय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
सोही घरमा काम गर्ने भारत घर भई हाल गोरखा नगरपालिका–८ पेट्रोल पम्प बस्ने २८ बर्षका अर्मन खान समेत घाईते भएका छन् । उनको गोरखा बजारको एपोलो अस्पतालमा उपचार भई रहेको छ ।
मध्यान्न १२ः३० बजे घरको छतमा आल्मुनियमको काम गर्ने क्रममा फलामको रडले घर नजिकै रहेको नाङ्गो तारमा छुन जादाँ गंभिर घाईते भएका मगरलाई गोरखामा सामान्य उपचार पछी थप उपचारको लागि भरतपुरको पुरानो मेडिकल कलेज लगिएको र उनको उपचाकै क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
घटनाका सम्वन्धमा प्रहरी अनुसन्धान सुरु गरेको जनाएको छ ।




















