गोरखा । गोरखा बजारमा भएको लुटपाट घटनामा केही शंकास्पद दोषीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुका बिरुद्व प्रहरीले अनुसन्धान जारी राखेको छ ।
साउन २३ गते अर्थात बुधबार गोरखा नगरपालिका–५ को रोहटेपानीमा सडकमा हिडीरहेकी स्थानिय ७५ बर्षिया रत्नकुमारी मग्रातीले गलामा लगाएको सुनको लुटपाट भएको घटनामा ति शंकास्पद ब्यत्तीलाई पक्राउ गरी अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बासुदेव पाठकले जानकारी दिए ।
उनले घटनाको अनुसन्धान पुरा नभएको ब्यत्तीको नाम खुलाउन चाहेनन् ।
बुधबार सडक छेउबाट हिडीरहेकी मग्रातीको गलाबाट दिउसो ३ः१५ बजेको समयमा नम्बर खुल्न नसकेको कालो स्कुटरमा सवार कालै टिर्सट लगाएका पुरुषले लुटपाट गरेका थिए ।
बेम्बो कटेज अगाडी भएको उक्त घटनामा पिडित महिलाबाट २ तोलाको सिक्री चोरी भएको थियो ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा शुक्रबार राजधानी तर्फ जादै गरेका १ जना युवकलाई धादिङबाट पक्राउ गरी सोधपुछ गरीरहेको जनाएको छ ।




















