साँकेतिक तस्बिर
गोरखा । अवैध लागूऔषध सहित प्रहरीले गोरखा धावाका १ जना युवकलाई राजधानीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमसेनथापा गाउँपालिका–४ धावाका २८ बर्षिय सन्तोष बयलकोटी भएको प्रहरी प्रभाग गोंगबुले जानकारी दिएको हो ।
राजधानीको टोखा नगरपालिका–९ कुलान्त मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १२ मिलिग्राम सहित प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने बयलकोटीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरी प्रभाग गोंगबुले दिएको जानकारी अनुसार पक्राउ परेका बयलकोटीका सम्वन्धमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।


