गोरखा । गोरखा सेवा समाज नेपालले पूर्णता पाएको छ । समाजको शनिबार बसेको बैठकले कार्य समिति र सल्लाहकार समिति चयन गरेसंगै पूर्णता पाएको हो ।
समितिको अधिवेशनले अध्यक्षमा गणेश बाँनिया, बरिष्ठ उपाध्यक्षमा काजीराम बाँनिया, सचिवमा सुरेन लामिछाने, कोषाध्यक्षमा रिक्त बाँनिया र सदस्यहरुमा खिलप्रसाद तिवारी र लक्ष्मण देवकोटा चयन भएका थिए । समितिको बाँकी पदहरुमा पहिलो बैठकले नाम चयन गरेसंगै समितिले पूर्णता पाएको सचिव सुरेन लामिछानले जानकारी दिए ।
बैठकले उपाध्यक्षमा गोरखा सेवा समाज कतारको अध्यक्ष रहने गरी निर्णय गरेको अध्यक्ष गणेश बाँनियाले जानकारी दिए । उनका अनुसार सोही बैठकले सहसचिव र सहकोषाध्यक्षमा गोरखा सेवा समाज कतारले सिफारीस गर्ने ब्यत्ति चयन हुने छन् ।
समितिको बाँकी कार्य समिति सदस्यहरुमा सुमन श्रेष्ठ, फजिर बकस मियाँ र रामबहादुर नेपालीलाई चयन गरेको छ ।
समितिको पहिलो बैठकले सल्लाहारका समिति समेत चयन गरेको छ । आवश्यकता अनुसार थपघट गर्ने गरी हालको लागि ४ जनाको सल्लाहकार समिति निर्माण गरिएको पनि अध्यक्ष बाँनियाले जानकारी दिए ।
समितिले चयन गरेको सल्लाहकार समितिको संयोजकमा संस्थाका संस्थापक अध्यक्ष सुशिलबावु श्रेष्ठ (कैलास), सदस्यहरुमा सुर्दशन भट्ट, बुधबल गुरुङ र श्रीकृण्ण भट्टराईलाई चयन गरेको छ ।
समाजले स्थापना कालदेखी नै गोरखा जिल्ला भित्र शिक्षा, स्वास्थ्य र सामाजिक काम गर्दै आएको छ ।
समितिले पहिलो बैठकले जिल्ला भित्रको ७ वटा त्यस्ता संस्थामा जनही ५० हजारका दरले अक्षयकोष निर्माण गर्ने निर्णय भएको सचिव लामिछानेले जानकारी दिए ।


