गोरखा । नेकपा एमाले गोरखाको इन्चार्जमा रामशरण बस्नेत जिम्मेवारी प्रदान गरीएको छ । केन्द्रीय सदस्य समेत रहेका बस्नेतलाई बिहीबारकाे केन्द्रीय सचिवालय बैठकले जिल्ला इञ्चार्जको जिम्मेवारी प्रदान गरेको हो ।
बस्नेत यसअघि लम्जुङको जिल्ला इञ्चार्ज थिए । गोरखा जिल्ला कमिटी अध्यक्ष समेत भइसकेका बस्नेत यसअघि प्रदेशसभा सदस्य एवं भौतिक पूर्वाधार मन्त्री पनि भएका थिए ।
त्यस्तैगरी, सोही बै७कले सम्झना देवकोटालाई गोरखा १ को इञ्चार्जको जिम्मेवारी दिएको छ । सम्पर्क समन्वय समितिका सचिवको जिम्मेवारी भने आरसी लामिछानेलाई दिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।




















