गोरखा । पालुङटार नगरपालिकाको खोप्लाङमा रहेको स्वास्थ्य चौकी हाता भित्र १ जना बृद्व मृत्त फेला परेका छन् । मृत्तक ब्यत्ती पालुङटार नगरपालिका–१ कोलकाटे निवासी ७० बर्षिय खिलबहादुर भुजेल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार खोप्लाङ स्वास्थ्य चौकीको झाँडीमा भुजेल मृत्त फेला परेका थिए । भुजेलको मृत्यु शंकास्पद नदेखिए पछी परिवारले शव बुझेको पनि उनले जानकारी दिए ।
प्रहरीले घटना स्थल मुचुल्का समेत तयार पारी उनको शव परिवारको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्वन्धामा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।




















