×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखा प्रहरीले गरेका प्रमुख यी ६ अपराध अनुसन्धान

  •  गोरखा समाचार
  • बुधबार, साउन ०९, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जिल्लामा हरेक वर्ष कुनै न कुनै अपराधका ठूला घटना हुने गरेका छन् । विशेषगरी जघन्य अपराधका घटनाहरू चर्चामा आउँछन् ।

    कर्तव्य ज्यान, जबरजस्ती करणी, जबरजस्ती करणीपछि हत्या तथा चोरी जघन्य अपराधको रूपमा मान्ने गरिन्छ । यस्ता कतिपय घटना सहजै अनुसन्धान गर्नमा प्रहरी सफल हुने गरेका छन् भने कतिपय घटना भने सुल्झिन समय लाग्ने गर्छ ।

    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा कर्तव्य ज्यानका घटनामात्रै ४ वटा, ज्यानमार्ने ७ वटा, भवितब्य ज्यान ३४ वटा, फूटकर ज्यान १६ वटा, झुण्डिएर आत्महत्या ६४ वटा, आत्महत्या दुरुत्साहन २ वटा, बिष खाएर १ र पानिमा हामफालेर ६ वटा ज्यान गएका मुद्वा दर्ता भएका छन् ।

    त्यस्तै, जबरजस्ती करणीको तथ्यांक हेर्दा एक वर्षमा मात्रै २४ वटा मुद्दाहरू दर्ता भएका छन् । गएको आर्थिक वर्षमा जबरजस्ती करणी उद्योग तर्फ ७ वटा घटना भएका छन् ।

    तथ्यांकमा हेर्दा सार्वजनिक हितविरूद्धको कसुरमा मात्रै ४६ जना र सार्वजनिक शान्ति बिरुद्व कसूरमा १३ वटा मुद्वा दर्ता भएको छ । एक वर्षमा ४३ वटा बैकिङ कसूर सम्वन्धी मुद्दा दर्ता भएको छ ।

    कार्यालय प्रमुख प्रहरी उपरिक्षक बासुदेव पाठकका अनुसार आव ०८०–०८१ मा ६ नकबजनी र १४ साधारण चोरीको घटना दर्ता भएको छ । सबै घटनामा अध्ययन पश्चात केही फछौट हुन बाँकी रहेका छन् । तथ्यांकसँगै १ वर्षमा ६ वटा प्रमुख घटनाको अनुसन्धान गर्न प्रहरी सफल भएको पनि उनले बताए ।

    घटना नम्बर १ मान्बु घटना 

    मिति २०८०।०५।२८ गते अं.१९ः०० बजे जिल्ला गोरखा जिल्ला आरुघाट गाउँपालिका वडा नं. १ श्यामचेतमा बस्ने बर्ष ७० कि सनमायाँ लामा घरमै बरियो सहितको नाम्लोले घाँटीमा कसी मारेको अवस्थमा फेला पर्यो । प्रहरी घटना स्थल पुगेर हेर्दा लामाले आत्माहत्या नगरी कोही कसैले हत्या गरी झुण्डाईदिएको भन्ने निश्कर्ष पछी गहन अनुसन्धान सुरु भयो । घरमा एक्लै भएको मौका छोपी साने भन्ने सुपराज लामा समेतका व्यक्तिहरुले निज लामाको हत्या गरी घरमै बरियो सहितको नाम्लोले घाँटीमा कसी मारी घटनालाई ढाकछोप गर्नको लागि कोठाको धुरीबलोमा झुण्ड्याई कानमा लगाएको सुनको रिङ चोरी गरी फरार भएका थिए  । प्रहरीले घटनामा संलग्न भएकाहरुलाई पक्राउ गरी मिति २०८०।०६।०४ गते कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान पश्चात अदालत पेश गर्दा मिति २०८०।०६।२५ गतेको आदेशले निज प्रतिवादीहरु पुर्पक्षको लागि कारागार चलान भएका थिए ।

    घटना नम्बर २ अकला मन्दिर

    गोरखा नगरपालिका वडा नं.१४ अकला मन्दिर स्थित हिल कटेज नामक होटल सञ्चालन गरी बस्दै आएका गोरखा नगरपालिका वडा नं. ८ लामाचौर बस्ने बर्ष २८ को महेश भन्ने शमशेर बाबु पन्त मिति २०८०।०९।१६ गते अं. ११ः०५ बजेको समयमा मृत्त अवस्थामा फेला पर्छन् । आफैले सञ्चालन गरेको कटेजमा शरिरको विभिन्न भागमा धारीलो हतियारको चोट सहित मृत्त फेला परेका पन्तको समेत हत्या भएको निश्कर्षमा प्रहरीले अनुसन्धान सुरु गर्दछ ।

    अनुसन्धानकै क्रममा प्रहारीले पन्तको हत्या गरी फरार रहेका गोरखा नगरपालिका–१४ सलाङगिरी बस्ने बर्ष २३ को किसान परियारलाई मिति २०८०।०९।२४ गते संघिय राजधानी काठमाडौंको कलकींबाट पक्राउ गरी २०८०।०९।२५ गते कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गराएको थियो । अनुसन्धानको क्रममा किसान परियारले गरेको अपराध ढाकछोप गर्न सहयोग गर्ने आफ्नै भिनाजु निलबहादुर परियारलाई समेत २०८०।१०।०७ गते पक्राउ गरी अनुसन्धान अदालत पेश गरेकोमा २०८०।१०।२२ गते अदालतको आदेशले निज प्रतिवादी किसान परियारलाई पुर्पक्षको लागि कारागार चलान गरेको र सहयोगि निलबहादुर परियारलाई १ लाख धरौटी माग गरेकोमा रकम दाखिला गर्न नसकी कारागार चलान भएको थियो ।

    घटना नम्बर ३ मसेल घटना

    जिल्लाको भिमसेन थापा गाउँपालिका वडा नं. १ मसेल गैह्राथोक स्थित शारिरीक तथा मानसिक अवस्था कमजोर भएकी १९ बर्षिया नाम परिवर्तित “(०८०।०८१) व कुमारी”लाई दोस्रो पटक २०८०।११।२३ गते अं.१४;०० बजे बलात्कृत हुन्छीन् । शारिरीक तथा मानसिक अवस्था कमजोर भएकी ति बालिकालाई ललाई फकाई बिस्कुट दिन्छु भनि गोठमा लगि जवरजस्ती करणी स्थानिय कुलमान बराम फरार हुन्छन् ।

    मानव अधिकारबादीहरुको नजरमा समेत परेको उक्त घटनाका दोषीलाई प्रहरीले समेत विशेष अप्रेशन सञ्चालन गरेर उनकै घर ठेगानाबाट ०८१।०१।०६ गते पक्राउ गर्न सफल भएको थियो । घटना लगत्तै प्रहरीले बराम बिरुद्व २०८०।११।२४ गते जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरी पक्राउ पश्चात अनुसन्धान गरी अदालत पेश हुदा २०८१।०१।३१ गते अदालतको आदेशले पुर्पक्षको लागि कारागार चलान भएको थियो ।

    घटना नम्बर ४ क्वाज क्रिष्टर बरामद

    मिति २०८०।०३।१४ गतेका दिन बिहान ८ बजे सदमुकामको गोरखा गोरखा नगरपालिका वडा नं. ७ को सतिपिपल स्थित चन्द्रमान शाहीको घरबाट प्रहरीले ठुलो पारदर्शीे ढुङ्गो बरामद गर्दछ । बेचबिखन गर्ने उद्देश्यले केही व्यक्तिहरु आई हेरी मोलमोलाई गरेको र करोडौ मुल्यमा बिक्री गर्न लागेको भन्ने सूचना पाएको प्रहरील अप्रिय घटना घट्न नदिन ढुङ्गा बरामद गरी प्रहरी कार्यालयमा राख्छ ।

    उक्त वस्तुको चर्चा चुलिदै जादा पुरातात्विक एव भौगर्भिक महत्वको हुन सक्ने बिषयलाई मध्यनजर गरी तत्कालै पुरातत्वको टोलीले गोरखा आएर ढुङ्गाको तौला गर्दा ५२ के.जी.९३ ग्राम तौल भएको र उक्त ढुङ्गा क्वार्ज क्रिस्टल भएको पत्ता लगाउछन् । यो अहिलेसम्म नेपालमा भएको सबै भन्दा ठुलो पारदर्शी ढुङ्गा हो । बहुमुल्य मानिएको उक्त क्रिस्टल २०८०।१२।२३ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा दरर्बार भित्र राखी सर्व साधारणको लागि खुल्ला गरिएको ।

    घटना नम्बर ५ मोटरसाईकल चोरी

    गोरखा प्रहरीलाई पछिल्लो समय टाउँको दुखाई बिषय बनेको थियो पल्सर मोटरसाईकल चोरी । चोरले जहाँबाट पनि रोजीरोजी पल्सर मोटरसाईलक मात्र चोरी गरेका थिए । जिल्लाका विभिन्न स्थानबाट भएको मोटरसाईकलहरु चोरी घटनालाई सतहमा ल्याउन प्रहरी सक्रिय भएको थियो ।

    जसका लागि प्रहरीको विशेष टोलीहरु नै खटाएर ठाउँ ठाउँमा धराप थाप्दा बिभिन्न समयमा चोरी गरेका १० थान मोटरसाईकल एकै सातामा बरामद गर्न सफल भएको थियो । प्रहरीले मोटरसाईकल सहित चोरीमा संलग्न १३ जनालाई समेत पक्राउ गरी चोरी शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य पश्चात प्रहरीको राय प्रतिवेदन साथ जिल्ला सरकारी वकील कार्यालयबाट अदालत पेश हुदा अदालतको आदेशले पक्राउ प्रतिवादीहरु मध्ये ३ जना कारागार चलान भएको, ८ जना प्रतिवादीहरु धरौटी राखी तारेखमा छुटेको र २ जना बाललाई सुधार गृह साराङकोट कास्कीमा पठाईएको थियो ।

    घटना नम्बर ६ बालुवा घटना

    बारपाक सुलिकोट गाउँपालिका वडा नं.७ बालुवा स्थित आफ्नै घरमा १ जना महिला झुन्डी मृत्यु भएको भन्ने सूचना स्थानियले प्रहरीलाइ दिन्छ । प्रहरीले घटना स्थल पुगेर झन्डीएकी भनिएकी महिलाको लाश प्रकृती हेदा कतब्र्य गरी मारेको निश्कर्ष पछी मिति २०८१।०३।२६ गते राती नै १०ः३० बजेको समयमा आफ्नै श्रीमान कुमार सार्कीले मादक पदार्थ सेवन गरी नशाको शुरमा झगडा हुदा आफ्नै श्रीमती सुनिता नेपालीलाई संवेदनशील अंग घाँटीमा हानि कर्तव्य गरी मारेको भन्ने कुरा खुल्न आए पश्चात तत्कालै उनलाई पक्राउ गरीएको थियो ।

    घटना ढाकछोप गर्न कुमारले आफ्नै घर भित्र कोठामा पछयौराको केही भाग काटी भुईमा राखी श्रीमतीले पछ्यौरीको पाँसो लगाई झुण्डिएको अबस्थामा आफुले पासो काटेको भनि गाँउघरमा अफबाह समेत फैलाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको थियो । २०८१।०३।२९ गते पक्राउ परेका कुमार विरुद्ध कर्तव्य ज्यान कसूर शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखी अनुसन्धान भई रहेको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, साउन ०९, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.