गोरखा । धादिङको ज्यामिरेघाटमा भएको सडक दुर्घटनामा परी गोरखाका १ जना युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा गोरखा जिल्ला गण्डकी गाउँपालिका–६ भूम्लिचोकका १६ बर्षिय मिलन थापा भएको धादिङ प्रहरीले पुष्टी गरेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार सोमबार साँझ धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० ज्यामिरेघाटस्थित सडकमा काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा.प्र ०६–००१ ख ३०६ नम्बरको हाइसले ठक्कर दिदा गंभिर घाईते भएका थिए ।
आँपचौर निवासी मिलनको राजमार्ग अस्पताल मलेखु हुँदै काठमाडौं बाँसघारीस्थित न्यूरो अस्पतालमा थप उपचारको क्रममा सोमबार राती मृत्यु भएको हो ।
ठक्कर दिने सवारी र त्यसका चालकलाई प्रहरीले घटना लगत्तै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।


