गोरखा । गोरखा भिमसेन थापा गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन नेपालका प्रमुख मुख्तियार जनरल भिमसेन थापाको जन्म परेकाले सार्वजनिक बिदा दिन लागेको हो ।
पालिकाले आज एक सूचना जारी गर्दै भिमसेन थापाको २५० औं जन्म जयन्तीको अवसरमा बुधबार १ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।
जारी सूचनामा ‘भिमसेनथापा गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०८१–०३–२७ गतेको निर्णयानुसार यही मिति २०८१–०४–०९ गते बुधबार नेपालका प्रथम मुख्तियार जनरल भिमसेन थापाको २५० औ जन्म जयन्तीको अवसरमा भिमसेनथापा गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, संघ–संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको’ भनिएको छ ।
जारी सूचनामा नै ‘साथै उक्त दिन बिहान ८ बजे भिमसेनथापा गाउँपालिका–८ को चण्डीथोकमा अवस्थित भिमसेन थापाको शालिकमा माल्यार्पण एर्व श्रद्वाञ्जली लगायतका विविध कार्यक्रमहरु तथा बिहान १० बजे गाउँ कार्यपालिकाको कार्यालय परिसरमा रहेको सहिद बाटिका (सहिद स्तम्भ, वेपत्ता स्तम्भ, भिमसेन थापा स्तम्भ) अनावरण कार्यक्रम’ राखिएको भन्दै सबैलाई सहभागी हुन अनुरोध गरिएको छ ।



