गोरखा । गोरखा प्रहरीले नाबालिकालाई यौन दुब्र्यवहार गरेको आरोपमा १ जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–५ ठाँटीपोखरीका ३९ बर्षिय जगतबहादुर गन्धर्व भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका गन्धर्वले १४ बर्षिया नाबालिका ‘क कुमारी’ नाम परिबर्तनलाई संवेदनशिल अंगहरुमा समाउने, सुमसुमाउने गरेको भन्दै पिडितबाट उजुरी प्राप्त भएकोले पक्राउ गरिएको हो । गन्धर्वले ति बालिकालाई पछिल्लो पटक साउन ५ गते शनिबार दिन बिहान १०ः३० बजेको समय त्यस्तौ कार्य गरेको उजुरीमा भनिएको छ ।
उजुरी पर्नासाथ सोही दिन पक्राउ परेका गन्धर्व बिरुद्व साउन ६ गते आइतबार बालयौन दुरुपयोग कसूर शिर्षकमा मुद्वा दर्ता गरीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका गन्धर्वका बिषयमा अनुसन्धान गर्न गोरखा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान सुरु गरीएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।



