गोरखा । सवारी चालक अनुमती पत्र किर्ते गरेका गोरखा सदरमुकामका राजु नेपालीलाइ प्रहरीले पक्राउ गरेको छ । किर्ते मुद्दामा गोरखा जिल्ला अदालतबाट कैद तथा जरिबाना फैसला भए लगत्तै फरार भएका नेपालीलाइ प्रहरीले साउन १ गते मंगलबार पक्राउ गरेको हो ।
फैसला कार्यान्वयन गर्ने सिलसिलामा गोरखा जिल्ला अदालत गोरखाबाट कैद र जरिवाना तोकिई फरार रहेका नेपालीलाई फैसला कार्यान्वयन बिशेष टोली गठन गरी परिचालन गरेर पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार उक्त मुद्दामा अदालतबाट दोषी ठहर भई ११ महिना १८ दिन कैद ५० रुपैया जरिवाना समेत तोकिएका उनी फैसला लगत्तै फरार भएका थिए । गोरखा नगरपालिका–१३ बस्ने बर्ष ३७ नेपालीलाई पक्राउ लगत्तै अदालत पेश गरीएकोमा कैद भुक्तानीका लागि अदालतले सोही दिन कारगार चलान गरेको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।


