गोरखा । रोटरी क्लब अफ बज्र मनासलुले गोरखा सदरमुकामको एक स्कुलमा बृक्षारोपण गरेको छ । क्लबले गोरखा नगरपालिका–४ फिनामको शित्तल डाडाँमा रहेको श्री नबदुर्गा आधरभुत बिद्यालय हाता भित्र ४०० वटा विभिन्न जातका बोट बिरुवा गरेको कार्यक्रम संयोजक अमृत बोगटीले जानकारी दिए ।
उनका अनुसार स्कुल हाता भित्र ५० आप, २० लिचि, ५० अमला, ५० धुपि र ५० टिमुर तथा तेजपत्ता लगायत बोट बिरुवाहरु गरी ४०० बोट बृक्षारोपण गरिएको हो ।
क्लब अध्यक्ष सुमेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिका –४ का बडा सदस्य जमिल मियाँ पमुख अतिथी, क्लबका संस्थापक भाईचन्द्र श्रेष्ठ विशेष अतिथी तथा बिद्यालयका प्रधानाध्यापक लक्ष्मी अधिकारी लगाएत शिक्षक, स्थानिय र क्लबका अन्य पदाधिकारीहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।


