गोरखा । राजधानीको नागार्जुनमा आज गएको पहिरोमा परेर गोरखाका १ जना युवकको मृत्यु भएको छ । पहिरोमा परेर मृत्यु हुने ब्यत्ती गोरखा जिल्ला शहिद लखन गाउँपालिका–६ घैरुङ घर भएका मनोज बिक भएको प्रहरीले पुष्टी गरेको हो ।
हिजोदेखीको अविरल वर्षापछि नागार्जुन नगरपालिका–३ मा रहेको सिंगल ट्रि नजिकै रहेको ट्रपिकल रेष्टुरेन्टको भान्साकोठा पहिरोले पुरिँदा बिकका मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
शनिबार विहान ११ बजे रेष्टुरेन्टको भान्साकोठा पहिरोले पुरिएको थियो । रेष्टुरेन्टमा किचन पहिरोले घर पुरिँदा गम्भीर बिक घाइते भएको थिए । उनको उपचारका क्रममा स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।
बिक सोही रेष्टुरेन्टमा किचन हेल्परको रुपमा काम गर्दै आएको पनि प्रहरीले जानकारी दिएको छ ।




















