गोरखा । बिहीबार साँझ गोरखा तर्फको त्रिशुली नदीमा फेला परेको शवको पहिचान खुलेको छ । मृत्तक ब्यत्ती धादिङ जिल्ला, गंगाजमुना गाउँपालिका–७ का ७१ बर्षिय नुरबहादुर विश्कर्मा भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बिहीबार साँझपख त्रिशुली नदी माथी पुरुष ब्यत्तीको शव तैरिरहेको अवस्थामा देखेर स्थानियले प्रहरीलाई खबर गरेका थिए । बिहीबार नै जिल्ला प्रहरी कार्यालयको टोलीले शवको प्रकृती मुचुल्का तयार पारी शवलाई गोरखा अस्पताल ल्याएर राखिएको थियो ।
शुक्रबार बिहान मृत्तकका छोराले शवको पहिचान गरे लगत्तै अहिले शवको पोष्टमार्टम भईरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । पोष्टमार्टम लगत्तै मृत्तक ब्यत्तीको शव आफन्तलाई जिम्मा लगाउने पनि उनले जानकारी दिए ।


