काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेकाे छ । सुन तोलामा १ हजार १०० रुपैयाँले घटेर काराेबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार सुनकाे मुल्य घटेसंगै तोलाकाे १ लाख ३८ हजार २०० रुपैयाँमा काराेबार भएकाे हो ।
आइतबार र शुक्रबार सुन प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएर हालसम्कै उच्च मूल्य कायम भएकाे थियाे ।
त्यस्तैगरी, आजै नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ । चाँदी ताेलकाे ३५ रुपैयाले घटेर १ हजार ७०५ रुपैयाँमा काराेबार भएको महासंघले जनाएको छ ।



