काठमाडौं । नेपाली बजारमा उच्च मूल्य कायम भएको सुनको भाउ आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्यमा भने गिरावट आएको जनाएको छ ।
हिजो मंगलबार नेपाली बजारमा हालसम्मकै उच्च मूल्य कायम भएको सुन आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको हो । मंगलबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो ।
सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य भने घटेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटर तोलाको १ हजार ७१५ रुपैयाँ कायम छ । मंगलबार चाँदीको मूल्य तोलाको १ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।



