काठमाडौं । साताको तेस्रो दिन आज नेपाल बजारमा सुनको भाउमा फेरि नयाँ रेकर्ड बनेको छ । आज प्रतितोला १ हजार ७०० रुपैयाँ बढे संगै नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।
सोमबार प्रतितोला १ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ३९ हजार २०० रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ३५ रुपैयाँ बढेर आज १ हजार ७५० कायम भएको छ ।



