काठमाडौं । साताकाे दाेस्राे दिन आज नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज सुन प्रतितोला ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
साेमबार नेपाली बजारमा प्रतिताेला ७०० रुपैयाँले बढेसंगै ताेलाकाे १ लाख ३७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तैगरी, चाँदीको मूल्य प्रतितोला १५ ले बढेर १ हजार ७१५ निर्धारण भएको छ ।



