काठमाडौं । साताकाे पहिलाे दिन आज नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । सुनकाे भाउ बढेसंगै नेपाली बजारमा सुनकाे मुल्यले नयाँ कीर्तिमान समेत कायम गरेको छ ।
सुनकाे मुल्य २ हजार ९०० बढेसंगै सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । शुक्रबार सुन प्रतितोला १ लाख ३२ हजार ७०० मा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य पनि आज उकालो लागेको छ । चाँदी प्रतितोला ५५ रुपैयाँले बढेसंगै प्रतिताेला १ हजार ६७० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ । शुक्रबार चाँदीको मूल्य प्रतिताेला १ हजार ६१५ मा कारोबार भएको थियो ।



