काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै गरेको सुनको मूल्यले नेपाली ईतिहासमा नै नयाँ रेकर्ड कायम भएको हो ।
नेपाली बजारमा आज बजार खुल्नासाथ तोलामा १ हजार ८०० रुपैयाँ बढेको थियो । मङ्गलबार प्रतितोला १ लाख ३१ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ३३ हजार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।
सुन संगै चाँदीको मूल्य पनि उकालो लागेको छ । मङ्गलबार प्रतितोला १ हजार ५४५ मा कारोबार भएको चाँदी आजका तोलामा ६५ रुपैयाँले बढेर १ हजार ६१० मा कारोबार भएको महासंघले जनाएको छ ।



