काठमाडौं । नेपाली बजारमा आज सुनकाे मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार १ लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला १ लाख ३१ हजार ६०० कायम भएको छ ।
यस्तै, तेजाबी सुन आइतबार १ लाख २९ हजार ४०० मा कारोबार भएकामा आजका लागि भने १ लाख ३० हजार ९५० मा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १० ले वृद्धि भएको छ । चाँदीकाे मुल्य प्रतितोला १ हजार ५३५ मा कारोबार भएको महासंघले जनाएकाे छ ।



