काठमाडौं । साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । बिहीबार अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुन शुक्रबार तोलामा १ हजार ३०० रुपैयाँ घटेको हो ।
सुनको मूल्य घटेसंगै नेपाली बजारमा प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको मूल्य पनि गिरावट आएको छ । चाँदी प्रतितोला ५५ रुपैयाँ घटेर १ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघल जनाएको छ ।



