काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बृद्धि भएको छ । आज सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । सोमबार प्रतितोला १ हजार ५२० मा कारोबार भएको चाँदी आजका प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ५२५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।



