काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको भाउँ घटेको ५ । सुन प्रतितोला ५०० र चाँदीमा ९ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो आइतबार प्रतितोला १ लाख २५ हजारमा कारोबार भएको सुन आज घटेर प्रतितोला १ लाख २४ हजार ५०० कायम भएको हो ।
त्यस्तैगरी, चाँदीको मूल्य पनि प्रतितोला ९ रुपैयाँले घटेर १ हजार ३०३ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



