काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
साताको पाँचौ दिन हिजो प्रति तोला १ लाख २५ हजार ८०० रहेकामा आज ४०० रुपैयाँले घटेर प्रति तोला १ लाख २५ हजार ४०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासंघमा अनुसार चाँदीको मुल्यमा भने स्थिर रहेको छ । चाँदीको मूल्य बिहीबार कै तुलानामा शुक्रबार पनि प्रतितोला १ हजार ५१५ कायम भएको छ ।



