काठमाडौं । साताको पाँचौ दिन आज नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ वृद्धि भएको छ ।
सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर प्रतितोला १ लाख २५ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुनको मूल्य १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख २५ हजार कायम भएको थियो ।
चाँदीको भाउ पनि आज प्रतितोला ५० ले वृद्धि भएर १ हजार ५१५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा बृद्वि भए संगै नेपालमा पनि भाउ बढेको हो ।



