काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । साताको पहिलो दिन सुनको भाउ प्रति तोला १ हजार रुपैयाँले बृद्वि हुदा नयाँ रेकर्ड कायम भएको हो ।
नेपाली बजारमा आज अहिलेसम्मकै उच्च प्रति तोला १ लाख २६ हजार रुपैयाँका कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासंघका अनुसार गएको बिहीवार सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएकोमा आइतबार बजार खुल्नासाथ १ हजार बृद्विहुदा तोलाको १ लाख २६ हजार कायम भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा क्रमश. सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि बढेको महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।



