काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । साताको पाँचौ दिन आज तोलामा १ हजार ५०० रुपैयाँले बढेर नेपाली ईतिहासमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ ।
नेपाली बजारमा आज सुन प्रति तोला १ लाख २५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि बढेको महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर १ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ ।



