काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ एकैदिन तोलामा २ हजार रुपैयाँले बढेको छ ।
सुनको भाउ बढेसंगै प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तैगरी, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



