काठमाडौं । साताको दोस्रो दिन आज सुनचाँदीको भाउ घटेको छ । आइतबार १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २०० रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, चाँदीको भाउ तोलाको ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले छ ।



