पर्सा । सशत्र प्रहरीले बिरगंजबाट ७० लाख रुपैयाँ बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ । बिरगंज महानगरपालिका–२५ को बहुअरीबाट शनिबार राती उक्त परिमाणको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको हो ।
बिरगंजबाट काठमाडौँतर्फ जादै गरेको ना. ८ ख ३९७८ नम्बरको ट्रकमा संकास्पद बिलबिजक भएको लोड गरी ल्याउँदै गरेको लत्ताकपडा देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रक सहित लत्ताकपडा नियन्त्रणमा लिएको सह प्रवत्ता शैलेन्त्र थापाले जानकारी दिए ।
बरामद गरिएको लत्ताकपडाको ७० लाख बरावर र ट्रकको ४० लाख मुल्यांकन गरि आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको पनि उनले जानकारी दिए ।



