काठमाडौं । साताको दोस्रो दिन आज सुनको बढेको छ भने चाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला सुन ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ बढे संगै तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको महासङ्घले जानकारी दिएको छ ।
यसैगरी, आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलाको १ हजार ४१० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।



