काठमाडौं । साताको पहिलो दिन बजार खुल्नासाथ सुन र चाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तैगरी, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको १ हजार ४३० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।



