काठमाडौं । साताको अन्तिम दिन आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर प्रति तोला १ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
शुक्रबार नै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेर प्रति तोला १ हजार ४१० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।




















